सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १२-काठमाडौं भारतीय गुगल ब्वाई भनेर चिनिने कौटिल्य पण्डितले प्रत्येक बालबालिकाहरु आफूजस्तौ हुन सक्ने तर त्यसको लागि उनीहरुले प्रत्येक मिनेटको अवधारणामा रही सिक्नुपर्ने बताएका छन्।“म पनि अरु बच्चासरह नै हुँ”, ९ वर्षे बालक पण्डितले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भने, “म कुनै भगवानको बरदान पाएको बालक होईन, तपाईहरुलेपनि गर्न सक्नुहुन्छ यदि तपाईहरुले आफ्नो दिमागको अभ्यास गर्नुभयो भने, तपाईहरुपनि मजस्तै बन्न सक्नुहुनेछ।”
यो उमेरमा उनका साथी सहेलीहरु भने भर्खरै कखगरा र सामान्य गणित सिक्दैछन् तर उनी भने सबैलाई चकित बनाउन सफल भएका छन्। हुन पनि उनले भारतीय प्रायः सबै च्यानलहरुमा अन्र्तवार्ताहरु दिईसकेका छन्।पण्डित नाईन ओन्डर्स किड्स अफ साउथ एशिया समेत हुन् । उनले अहिलेसम्म चार सय जति उपाधि जितिसेकका छन्। र, उनी कम उमेरमा सबैभन्दा धेरै पुरस्कार जित्ने मानिस पनि हुन्। पण्डित भारतीय च्यानल जि न्यूजका सबैभन्दा कम उमेरका एंकर समेत हुन्।
पण्डितसँग आईक्युबारे खरुची छ । त्यस्तै उनलाई ईतिहास र ज्योतिषशास्त्रबारे पनि उत्तिकै चाख छ। उनले भने,“म भविष्यवाणी बन्न चाहन्छु।” हुन पनि उनले एक पटक पढेको कुरा कहिल्यैपनि बिर्सिदैनन् रे, उनकी आमा सुमिता शर्माले भनिन्। शर्मा थप्छिन्,“यसबारेमा उनको विद्यालयमा समेत एकदमै राम्रो रेकर्ड छ।
”कार्यक्रममा उपस्थित् नेपाल भारत पुस्ताकालयका प्रमुख महेशचन्द्र शर्माले भने,“म उनको अद्भुत क्षमता देखेर निकै प्रभावित छु।” पण्डित नेपालस्थित् पशुपतिनाथ मन्दिरको दर्शन गर्न काठमाडौं आएका हुन्। काठमाडौं बसाईका क्रममा उनले एन.के सिंह मेमोरिय स्कुलको समेत भ्रमण गरे। विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई समेत उनले आश्चर्यचकित तुल्याए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा