सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । महामारी कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८७ लाख ४८ हजार ४१९ रहेको छ ।
जसमा कुल संक्रमितको संख्या २२ करोड ८३ लाख ७० हजार ९७६ पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड ४९ लाख ३० हजार २९३ पुगेको छ । तर ४६ लाख ९२ हजार २६४ को भने ज्यान गएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल सक्रिय संक्रमितमध्ये १ लाख ५१८ जनाको अवस्था भने चिन्ताजनक छ ।
नेपालकाे कुरा गर्ने हाे भने पछिल्लो २४ घण्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ६६५ जनाको पीसीआर र तीन हजार ७२० जनाको एन्टिजेन गरी १२ हजार ३८५ जनामा गरिएको परीक्षणका क्रममा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
खाेपकाे कुरा गर्ने हाे भने कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् ।
काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरी पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा