सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढीः चैत्र १२ उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको परिवारलाई १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।कञ्चपुरको पुर्नबास ८ मा शनिबार आयोजित कार्यक्रममा सरकारले पीडित गौतम परिवारलाई दिने निर्णय गरेको १० लाख रुपैयाँको चेक गृहमन्त्री निधिले गौतमकी पत्नीलाई हस्तान्तरण गरेका हुन्।
गत फागुन २६ मा कल्भर्ट निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर गौतमको ज्यान गएको थियो। गौतमको निधनपछि सरकारले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, कृषि मन्त्री गौरी शंकर चौधरी, राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती लगायत नेताहरु सहभागी थिए।अन्नपूर्ण पोस्टबाट
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा