सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १२–एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुनः प्रधानमन्त्री बन्ने कुनै चाहना नरहेको बताएका छन् ।शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले आफूलाई प्रधानमन्त्री बन्ने चाहना नभएपनि अब बन्ने सरकारले १० वर्षभित्र नेपाल बनाउने गरी काम गर्ने दाबी गरे ।अब बन्ने सरकार एमाले नेतृत्वमा हुने दाबी गर्दै ओलीले भने, ‘मलाई प्रम हुने पटक्कै मन छैन । म नबनेपनि अबको सरकारले १० वर्षभित्र समृद्ध देश बनाउने छ । ’
नेपालको विकास गर्न इच्छाशक्तिमात्रै भए पुग्ने दाबी गर्दै ओलीले भने, ‘म प्रम हुँदा विकास गर्न पैसा नचाहिने अनुभव गरे । खाली योजनामात्रै बनाउन आवश्यक छ ।’ तर विकासका लागि चाहिने योजना अहिले सम्म बन्नै नसकेको बताउँदै उनले योजना बनेको खण्डमा रकमको कुनै खाँचो नपर्ने बताए ।नेपालको शिक्षा व्यावहारिक नरहेको तर्क गर्दै ओलीले त्यसलाई समयसापेक्ष सुधार गर्दै जानुपर्नेमा जोड दिए ।रातोपाटिबाट
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा