सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१२, चैत्र आउँदो आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनियम १ सय ४ रुपैयाँ ४० पैसा (खरिद दर) तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ भदौ ३ गते एक अमेरिकी डलरको विनियमदर १ सय ४ रुपैयाँ ४० पैसा थियो। यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको १ सय ५ रुपैयाँ बिक्रीदर तोकेको छ।पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर कमजोर बन्दै गएको छ। डलर कमजोर बन्दै गएपछि स्वदेशी मुद्रा बलियो देखिएको हो। तर, स्वदेशी अर्थतन्त्रमा उल्लेख्य सुधार भएकाले रुपैयाँ बलियो भएको नभई भारतीय अर्थतन्त्रमा देखिएका सुधारको प्रभाव भएको विज्ञहरूले बताएका छन्।
भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु बलियो हुँदा नेरु पनि बलियो र कमजोर हुँदा कमजोर हुन्छ। अहिले पनि त्यही भएको हो। खासगरी भारतको विधानसभा चुनावमा उत्तरप्रदेशमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन निर्वाचित भएसँगै त्यहाँको अर्थतन्त्रमा सुधार हुने अडकलबाजी गरिएको छ। यसबाट भारतीय अर्थतन्त्र सुधार हुने देखिएकाले भारतीय मुद्रा बलियो हुँदै गएको हो।
अधिकांश भागमा प्रधानमन्त्री नरेन्द्र मोदीकै दल (भाजपा) ले चुनाव जितेपछि उनी नेतृत्वको सरकार बलियो हुने भएकाले आर्थिक सुधारको गति तीव्र हुने अपेक्षा गरिएको छ। विधानसभामा भाजपाको बहुमत हुने देखिएपछि पुन: नरेन्द्र मोदीकै सरकारले निरन्तरता पाउने अड्कलबाजीहरू गरिएका छन्। यसो भएमा भारतमा राजनीतिक स्थिरता आउने पूर्वअनुमान छ। यस्तो अवस्थामा अहिले सरकारसमक्ष पेस भएका आर्थिक सुधारका लागि आवश्यक नीतिहरू पारित गर्न सजिलो हुनेछ। त्यसो भएमा त्यहाँको आर्थिक गतिविधि अभिवृद्धि हुनुका साथै विदेशी लगानी पनि बढ्ने अनुमान गरिएका छन्।
पछिल्ला दिनहरूमा भारतीय सेयर बजारमा निकै सुधार भइरहेको छ। भारतीय सेयर बजारमा विदेशी लगानी भित्र्याउने एउटा बलियो माध्यम हो। बम्बे स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जका परिसूचक बढिरहेका छन्।यसकारण त्यहाँ विदेशी लगानीको अवस्था पत्ता लगाउन सेयर बजारमा विदेशी लगानीको हिस्सा खोजिन्छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्ला दिनहरूमा सेयर बजारमा ठूलो वैदेशिक लगानी भित्रिएको छ।
भारतीय अर्थतन्त्रमा देखिएको सुधारले त्यहाँको मुद्रा बलियो भएपछि त्यसको प्रभाव घरेलु मुद्रामा पनि परेको राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए। ‘पछिल्ला केही सातायता भारतीय सेयर बजारमा ठूलो मात्रामा वैदेशिक लगानी भित्रिएको देखिन्छ,’ उनले भने, ‘यसकारण भारु बलियो बन्दै गएको छ। भारुसँग नेपाली मुद्राको विनिमय दर स्थिर रहेकाले नेरु पनि बलियो देखिएको हो।’भारु बलियो हुनुको अर्को कारण अमेरिकी अर्थतन्त्र अपेक्षित रूपमा वृद्धि हुन नसक्नु पनि हो। खासगरी नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले नेतृत्व सम्हालेपछि त्यहाँ अर्थतन्त्रमा उतारचढाव देखिएको छ।
ट्रम्प राष्ट्रपति भएलगत्तै केही बजार घटे पनि पछि बढेको थियो। तर, अहिले अवस्था अस्थिर छ। डलर र भारुको उतार–चढावको प्रत्यक्ष असर यहाँ देखिएको हो। यसरी नेपाली रुपैयाँ बलियो हुँदा रेमिट्यान्सको रकम कम हुन सक्ने सम्भावना हुन्छ। निर्यातबाट हुने कमाइ नेपाली रुपैयाँमा परिवर्तन गर्दा कम हुने हुँदा कम लाभ हुन्छ।पछिल्लोपटक ०७३ मंसिर ७ गते नेरुसँग अमेरिकी डलरको विनियम दर १ सय ९ रुपैयाँ खरिद दर रहेको थियो। उक्त अवधिमा बिक्रीदर १ सय १० रुपैयाँ नाघेको थियो। त्यपछि घट्न थालेको विनिमय दर सोमबार १ सय ४ रुपैयाँमा झरेको हो। नेपाल आफ्नो कारणले नभई भारतीय मुद्रा बलियो बनेकाले नेरु केही महँगो देखिएको राष्ट्र बैंकका पूर्व प्रमुख कार्यकारी निर्देशक भास्करमणि ज्ञवालीले बताए। ‘अमेरिकी डलरसँगको विनियम दर निर्धारणमा नेपालको केही भूमिका हुँदैन, भारु जता जान्छ, नेरु पनि त्यतै जान्छ,’ उनले भने।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा