सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ ।
सोमबार नेप्से परिसूचक ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा पुगेको छ ।
यसदिन ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँको कारोबार भएको छ । आज दिनभरमा २२६ कम्पनीहरुको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर ९३ हजार २१४ वटा संख्यामा खरीद बिक्री भए ।
कारोबारमा आएका २२६ मध्ये ८९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १७ कम्पनीहरुको शेयर मुल्य स्थीर रहेको छ ।
यो दिनको कारोबारमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कालिका पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको यस दिन ४७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा