सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ – संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनाव घोषणा गरेर सरकार आफै द्धन्द्ध चर्काउन लागि परेको आरोप लगाएका छन् ।अध्यक्ष यादवले स्थानीय चुनावले विद्यमान द्धन्द्ध मत्थर पार्नुको सट्टा बढाएर लैजाने भएकाले त्यस्तो मुर्खतापुर्ण निर्णय नगर्न सरकारलाई आग्रह गरे ।
अध्यक्ष यादवले संविधान जारी गर्नुभन्दा अगाडि देखिको राजनीतिक द्धन्द्ध, असमजदारी संविधान जारी गरिसक्दा पनि उत्तिकै रहेको भन्दै पहिलो प्राथमिकता संविधान संसोधनलाई दिईनुपर्ने उल्लेख गरे ।सिंमाकनमा देखिएको समस्या समाधान नगरिकन मुलुकको समस्या समाधान नहुने भन्दै अध्यक्ष यादवले मुलुभुत समस्यालाई थाती राखेर अघि बढ्न नसकिने बताए । आयोग मार्फत सिमांकनको मुद्धा टुंगो लगाउने सरकारको प्रस्ताव वारेमा भने उनले असहमति जनाए ।अध्यक्ष यादवले विगतमा भएका सम्झौतालाई कार्यान्वयन नगर्ने सकारसंग वार्तामा बस्नुको औचित्य नभएको पनि दाबी गरे । उनले विगतमा आफुहरुले विभिन्न २६ बुँदे माग प्रस्तुत गरेको भन्दै ती विषयको सम्बोधन गरिनुपर्ने माग गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा