सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबार ९० हजार तीन सय रुपैयाँ तोलामा कारोबार भएको छापावल सुनको भाउ सोमबार ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ९० हजार ७ सय रुपैयाँबाट घटेकाे सुन, आइतबार ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ ९० हजार एक सय रुपैयाँ पुगेको छ । आइतबार ८९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य सोमबार पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आइतबार ११ सय ९५ रुपौयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य सोमाबार १२ सय रुपैयाँ पुगेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा