सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गेरु बस्त्र लागेको भिक्षूणी र सेतो बस्त्रमा रहेका उनका चेली शुक्रबार त्रिभुवन विमानस्थलको यात्रु जाँच स्थल पुगे । धार्मिक यात्रामा नेपाल आएका उनीहरु थाइल्याण्ड फर्कदै थिए । प्रहरीले अन्य यात्रु झै चार जना माथि सामान्य जाँच सुरु ग–यो । एक्सरे मेसिनले उनीहरुको ब्यागमा नोट देखायो । प्रहरीले सबै नोट बाहिर निकाल्न लगाएर गन्यो । २ लाख ८६ हजार अमेरिकी डलर (२ करोड ९१ लाख रुपैया), २ लाख ७३ हजार भारतीय रुपैयाँ (४ लाख ३४ हजार रुपैयाँ) र ४६ हजार ८ सय भाट (१ लाख ३९ हजार रुपैयाँ) रहेछ ।कानुन अनुसार पाँच हजार अमेरिका डलर बराबर विदेशी मुद्रा मात्र बोकेर अन्य मुलुकतिर जान पाइन्छ । यही आधारमा उनीहरुको साथमा फेला परेको रकम अवैध थियो । तोकिएको भन्दा रकम बोक्नु कानुन अनुसार दण्दनीय हुने र तस्कारी एनेअनुसार कारवाही हुने भएपछि विमानस्थल सुरक्षा गार्डका प्रहरीले चारै जनालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाइदिएको छ ।
विमानस्थलका डीआईजी पञ्कज श्रेष्ठका अनुसार उनीहरुले सो रकम भारतको बोधगयामा स्तुपा र अस्पताल बनाउन नेपालमा चन्दा उठाएको दाबी गरेका थिए । ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा आफुसँग लैजान नपाउने नेपालको कानुनबारे पनि आफुहरुलाई जनाकारी नभएको दाबी थियो उनीहरुको । ‘नोट सहित पक्राउ परेकाहरुको दावी विश्वसनीय देखिएन’ डिआईजी श्रेष्ठ भने, ‘उनीहरुको साथबाट फेला परेको रकम र त्यसको स्रोत बारे अनुसन्धान गरिरहेका छौ ।’२०६९ असोजमा सुन तस्करीका लागि दुबई लैजान एक करोड ५४ लाखबराबरको विदेशी मुद्रासहित विमानभित्रै पुगेको घटना अनुसन्धानमा सुन तस्कर र प्रहरीको सेटिङमा मुद्रा तस्कर भएको खुलेपछि विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठको जागिरै गएको थियो । घटना अनुसन्धानमा ब्युरोले ट्राभल्स एजेन्सीदेखि सुन कारोबारीसम्मको नाम खुलाएर सुन र डलर तस्करीसँगै हुन्डीसम्मका अनुसन्धान सिफारिस गरेको थियो ।आजको नागरिक दैनिकमा खबर छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा