• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

      गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

      पोखरामा गणना ढिलो भएपछि मतगणना स्थल थपियाे

      नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    होमपेज / पत्रपत्रिका

    प्रधानमन्त्रीको 'भद्रगोल' चीन भ्रमण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १२, शनिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
    फाईल तस्विर

    स्थानीय तह निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्ने मुख्य कार्यभार छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘बिना प्रयोजन’ साताव्यापी भ्रमणमा उत्तरी छिमेकी मुलुक चीनतर्फ निस्केका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

    ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा सम्बोधन गर्ने नाममा कुनै ‘राजनीतिक र विकासका अजेन्डा’ नबोकी कार्यकारी प्रमुख यसरी विदेश भ्रमण गएको नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलो घटनाका रूपमा चित्रित हुन पुगेको छ। प्रधानमन्त्री दाहालको बिहीबार सुरु भएको चीन भ्रमणले धेरैवटा राजनीतिक र कूटनीतिक प्रचलन एकैपटक तोडिदिएको छ। प्रधानमन्त्री दाहालले चीन उड्नु दुई घन्टाअघि बालुवाटारस्थित सरकारी निवासमा बसेको सत्तारूढ माओवादी केन्द्र, कांग्रेस र राप्रपा तथा प्रमुख प्रतिपक्ष एमालेसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकमा चीन भ्रमणबारे जानकारी गराएका थिए। ‘यो पूर्णतः सद्दभावना भ्रमण हो, भ्रमणमा कुनै सम्झौता हुने छैन। त्यसैले तपार्इंहरूले धेरै आशा गर्नु जरुरी छैन, न त आत्तिनुपर्ने जरुरी छ।’ दाहालले उक्त धारणा राखे पनि त्यसबारे बैठकमा सहभागी शीर्ष नेताले कुनै प्रतिक्रिया दिएका थिएनन्।

    प्रधानमन्त्री दाहालले इतिहासमा पहिलोपटक विदेश भ्रमणको अजेन्डालाई मन्त्रिपरिषद्बाट पारित नगरी हिँडेका छन्। सामान्यतया मन्त्रिपरिषद् बैठकले भ्रमण हुने देश, कार्यक्रम र सहभागीको सूची, खर्च विवरण पारित गर्ने प्रचलन रहेको पराराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले बताए। ‘विदेश भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बसेर पारित गर्ने प्रचलन छ, बैठकमा जाने देश र हुने कार्यक्रम उचित छ कि छैन, सहभागी टोलीमा को–को रहनेछन्, त्यसका लागि कति खर्च लाग्छ? भन्ने विषयमा छलफल गरिन्छ’, भट्टराईले नागरिकसँग भने, ‘छलफल टुंगिएपछि मात्रै विदेश भ्रमण पारित हुन्छ।’ उनका अनुसार मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै त्यसलाई सार्वजनिक गर्ने प्रचलन छ। तर मन्त्रिपरिषद्बाट पारित नगरी प्रधानमन्त्री दाहालको ठाडो निर्देशनमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमण तालिका सार्वजनिक गरेको छ। ‘प्रधानमन्त्रीको चीन भ्रमणको अनुमोदन पछि गर्ने भनेर पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिकसँग भने, ‘प्रावधिक कारणले मात्रै भ्रमणको अजेन्डा पारित गर्न नसकिएको हो, चीनबाट फर्केपछि अनुमोदन गरिनेछ।’ प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्कने कार्यक्रम छ। मुलुकका कार्यकारी प्रमुख विदेश भ्रमण जाँदा कार्यवाहक दिने प्रचलन पनि प्रधानमन्त्री दाहालले तोडेका छन्। तीनतीनजना उपप्रधानमन्त्री भए पनि प्रधानमन्त्री दाहाल कसैलाई कार्यवाहक नै नदिई उडेका छन्।

    ‘कसैलाई कार्यवाहक प्रधानमन्त्री तोकेर प्रधानमन्त्री विदेश भ्रमणमा जाने चलन हो तर यसपटक भने कसैलाई नदिइएको सुनियो’, पूर्व राजदूत लोकराज बरालले नागरिकसँग भने, ‘कसलाई दिने भन्ने प्रधानमन्त्रीको स्वविवेकमा भर पर्छ। विगतमा पनि राजा विदेश भ्रमणमा जाँदा राजकाज युवराजलाई दिने चलन थियो।’ यद्यपि मुलुकमा अप्ठ्यारो स्थिति आयो भने प्रधानमन्त्रीले विदेशमा रहँदाको बखतमा पनि कार्यवाहकको जिम्मेवारी दिएर स्थिति सम्हाल्न निर्देशन दिन सक्ने बरालको भनाइ छ। उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र  निधिबीच मर्यादाक्रममा विवाद चर्किएकाले कसैलाई पनि कार्यवाहक नदिएको प्रधानमन्त्री निकट स्रोतले बतायो। प्रधानमन्त्री विदेशमा रहेको र कसैलाई पनि कार्यकारी प्रमुखको जिम्मेवारी नतोकिएकाले मुलुक अहिले कार्यकारी प्रमुखविहीन छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑