सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन् । यो खबर आजको गोरखापत्र मा छ । ।
कञ्चनजङ्जा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले नाउरको सङ्ख्या वृद्धि भएकाले सिकार क्षेत्रको रूपमा घोषणा गर्न सरकारसँग माग गरेको बताए। यहाँ गत वर्षको गणनामा नाउरको सङ्ख्या दुई हजारभन्दा बढी रेकर्ड गरिएको छ । अध्यक्ष लिम्बूले भने, ‘चोरी सिकार नियन्त्रणमा आएकाले नाउरको सङ्ख्या निकै वृद्धि भइरहेको छ ।
सिकारका लागि विदेशीलाई खुला गर्न सके प्राप्त राजस्वबाट स्थानीय बासिन्दाको जीविकोपार्जन र संरक्षणका थप कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले स्थानीयवासीको माग स्वाभाविक देखिएको बताउँदै त्यसका लागि विभागले आवश्यक प्रक्रिया सुरु गरेको बताए।
संरक्षण प्रभावकारी भएपछि हरेक वर्ष दुईदेखि चार सयको हाराहारीमा नाउरको सङ्ख्या वृद्धि भइरहेको उनले बताए। आईयूसीएनको दिगो नाउर सिकार निर्देशिका १९९७ मा कुनै निश्चित क्षेत्रभित्र कुल सङ्ख्याको बढीमा चार प्रतिशतसम्म नाउन सिकार गर्न सकिने उल्लेख छ ।
हालै गरिएको गणनाअनुसार कञ्चनजङ्घामा बर्सेनि ८० वटासम्म नाउरको सिकार गर्न सकिन्छ । तर, परिषद्ले बर्सेनि ४० वटा नाउरको सिकारका लागि खुला गर्न माग गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा