सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ । बलिउडका महानायक अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । उनी ‘उचाई’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
भारतीय मिडियाकानुसार अमिताभ करिब ४५ दिन नेपालमा नै बस्नेछन् ।
अमिताभसहित सोही फिल्ममा अभिनय गर्ने अनुपम खेर र बोमन इरानी पनि नेपाल आउने बताइएको छ ।
पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन् । यो फिल्म राजश्रीको व्यानरमा निर्माण हुनेछ ।
पछिल्ला समय नेपालमा पनि भारतीय फिल्महरूको छायाँकन हुने क्रम बढिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा