सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ११, स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट व्यक्तिलाई उपचारका लागि विदेश जानबाट रोक्ने गृहकार्य भइरहेको बताएका छन् ।बृहत् स्वास्थ्य शिविर अनुगमन गर्न शुक्रबार गौर आएका स्वास्थ्यमन्त्री थापाले विशिष्ट पद धारण गरेकाहरुलाई नेपालमै उपचार सेवा दिन नेपाली सेनाको अस्पतालमा रहेको विशिष्ट उपचार कक्षलाई स्तरोन्ती गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्री थापाले बताए । उनका अनुसार नेपाली सेनाको अस्पताल सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।
‘कुनै पनि नेपाली विशिष्ट पद धारण गरेर नेपालभन्दा बाहिर उपचार गराउने प्रक्रियालाई सम्पूर्ण रुपले बन्द गराउनु पर्छ भन्ने कुरालाई लिएर स्वास्थ्य मन्त्रालय र सेनाको प्रयासमा सैनिक अस्पतालको स्तरोन्ती गर्न लागिएको छ’ उनले भने । सेनाले प्राप्त गरेको मोबाईल अस्पताललाई अधिकतम सदुपयोग गर्न आउने वर्षदेखि वार्षिक कार्यक्रममै राखेर देशभरि स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिने तयारी स्वास्थ्य मन्त्रालयले थालेको उनले बताए । यसअघि धनगढी, कैलालीको टिकापुरमा शिविर सञ्चालन भइसकेका छन् ।स्वास्थ्य मन्त्रालय र सेनाले संयुक्त रुपमा गौरमा आयोजना गरेको शिविरमा उपचार गराउन आउने बिरामीको चाप अत्यधिक रहेको अनुगनमको क्रममा आफूले पाएको उनले बताए ।
‘स्वास्थ्य शिविरमा उपचार गराउन आउनेहरुको यति ठूलो भीड नहुनु पर्ने हो,’ उनले भने, ‘यसको अर्थ उनीहरु स्थानीय स्वास्थ्य संस्थाको उपचार सेवाबाट वञ्चित रहेको बुझिन्छ ।’ स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्न गौरलाई पहिलो प्राथमिकतामा राखेर छनौट गरेको उनले बताए ।
‘स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका नागरिकप्रति स्वास्थ्य मन्त्रालयको जुन सोचाई थियो त्यो भन्दा बढी शिविरमा सहभागिता बढेको पाइयो,’ उनले भने ‘त्यसले शिविरले सफलता पाएको अनुभूति गर्न सकिन्छ ।’मन्त्री थापाले गौर अस्पताललाई सुधारका लागि ९० लाख रुपैयाँ र चन्द्रनिगहापुर अस्पतालको लागि ७० लाख रुपैयाँ बजेट विनियोजित गरिएको उनले जनाए । ‘अस्पतालमा आवश्यक उपकरणा लिस्ट अस्पतालसँग मागेका छौं’ उनले भने, ‘यही आर्थिक वर्षभित्रमा सबै ईकुपमेन्ट आपूर्ति गर्छौं ।’ तर, अस्पताललाई ईकुपमेन्ट पठाएर मात्र हुँदैन आवश्यक जनशक्ति पनि चाहिन्छ । जिल्ला अस्पतालमा अहिले गाईनो र बालरोग विशेषज्ञ अभाव रहेको र त्यसलाई फुलफिल गर्न निजी स्वास्थ्य संस्थासँग पनि स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको उनले बताए । गौर अस्पतालमा तत्कालै एकजना बालरोग विशेषज्ञ पठाउने उनले आश्वासन पनि दिए । बिहान ९ बजेदेखि ३ बजेसम्म ओपीडी चल्नु पर्छ । त्यो अवधिमा बाहिर काम गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्ने मन्त्री थापाले चेतावनी दिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा