सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बागमती प्रदेशका १२ सांसद नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।
एमाले एक्लैको बहुमत सांसद रहेको बागमती प्रदेशमा १२ सांसदले एमाले छाडेपछि शाक्यको पद धरापमा परेको हो । हाल बागमती प्रदेशसभामा ११० सदस्यीय रहेका छन् भने एमाले एक्लैको ५६ सांसद रहेका थिए ।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई १२ सांसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा