सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी अनुमति पाएको छ । क्यापिटललाई सिडिएस एण्ड क्लियरिङ्गले हिजोदेखि धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी स्वीकृत दिएको हो ।
एनआईसी एशिया बैंकले विगत दुई बर्षदेखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको छ । क्यापिटलले बैंकको उक्त सेवाहरुलाई अझ बढी प्रभावकारी बनाउने जनाएको छ । सेवाग्राहीहरुले एनआईसी एशिया क्यापिटलको सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल स्थित कार्यालयबाट तथा एन आई सी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्न सक्ने कम्पनीले बताएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा