सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिकरुपमा परीक्षा लिन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि संसद समितिको सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर परीक्षा संचालन गर्न निर्देशन दिनुभएको हो । यसअघि साउन ३१ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थगित भएको थियो ।
३ लाख ९६ हजार विद्यार्थी रहेका कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर सबै विद्यार्थीलाई खोप लगाई दशैँअघि नै भौतिक उपस्थितिमा परीक्षा लिने तयारी भएको जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा