सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, चैत ११ – राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सिके राउतलाई सिरहा जिल्ला अदालतले पाचौ पटक थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।राउतलाई स्वतन्त्र मधेशको पक्षमा गतिविधि गरेको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी लहानमा मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक गत माघ २१ गते दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।
दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते १० दिन म्याद थपेको थियो ।त्यस्तै चौथो पटक २० दिनको र पाचौ पटक चैत ११ गते जिल्ला अदालत सिरहाले थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले जानकारी दिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा