सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । बुधबार राति उनले पद तथा गोपनीयताको शथपग्रहण गरिसकेकी छिन् ।
बुधबार डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शाक्य उक्त पदमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईले शपथ ग्रहण गराएका हुन् ।
नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । यसअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा गरेपछि शाक्य निर्विरोध उक्त पदमा चुनिएकी थिइन् । एमाले विभाजन नहुँदासम्म शाक्य माधव नेपाल समूहमा थिइन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा