सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफगान सत्ता २० वर्षदेखि सशस्त्र युद्ध गर्दै आएको तालिबानले कब्जा गरेको छ । मुलुकका ३४ मध्ये २६ प्रान्तीय राजधानी कब्जा गरिसकेको तालिबानले राजधानी काबुललाई घेरा हालेपछि अफगान राष्ट्रपति असरफ घानी देश छाडेर भागेका थिए ।
त्यसपछि तालिबान अफगान राष्ट्रपति प्रासादमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजको जमानामा पनि बन्दुकबाटै सत्ता कब्जा गर्ने तालिबान को हो त ?
पास्तो भाषामा तालिबानको अर्थ विद्यार्थी हुन्छ ।
सन् १९९० को दशकमा अफगानिस्तानबाट सोभियत सैनिक फिर्ता भएपछि उत्तरी पकिस्तानमा तालिबानको जन्म भएको हो । अमेरिका गुप्तचर एजेन्सी सिआइएको सहयोगमा अफगानिस्तानमा सोभियत सेनाविरुद्ध लडेको मुजाहिद्दिनले स्थापना गरेको तालिबानले छोटो अवधिमै आफ्नो प्रभाव बढाउँदै लग्यो र अफगानिस्तानका थुप्रै प्रान्तहरु कब्जा गर्यो । सन् १९९६ मा तालिबानले अफगान राजधानी काबुल नै कब्जा गर्यो । सन् १९९८ हुँदा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिबान नियन्त्रणमा थियो ।
तालिबानले सरिया कानुनको कठोर व्याख्या गर्दै व्यक्तिले गरेको कसूरमा कहालीलाग्दा सजाय दिन थाल्यो । उनीहरुले पुरुषलाई दारी पाल्न र महिलालाई सबै शरीर छोपिने गरी बुर्का लगाउन अनिवार्य गरे । चोरी गर्ने व्यक्तिलाई सजायस्वरुप हात काटिदिने नियम थियो । परपुरुषसँग यौन सम्पर्क राख्ने महिलालाई ढुंगाले हानेर मारिन्थ्यो भने हत्याका दोषीलाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइन्थ्यो ।
तालिबानले टेलिभिजन, संगीत र सिनेमामा पनि प्रतिबन्ध लगाएका थिए । उनीहरुले १० वर्षभन्दा माथि उमेरका बालिकालाई स्कुल जान प्रतिबन्ध लगाए ।
बाँकी विश्वले भने सन् २००१ मा ओसामा बिन लादेन र उनको अल–कायदा आन्दोलनलाई संरक्षण दिएको थाहा पाएपछि मात्रै तालिबानबारे चाल पायो । ओसामा बिन लादेनले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाका जुम्ल्याहा टावरमा हवाई हमलाको जिम्मेवारी लिएका थिए । तीन हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको घटनामा दुईवटा यात्रुबाहक जेट विमान लगेर दुईवटा गगनचुम्बी भवनमा ठोक्काइएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काउन लगिएको तेस्रो यात्रुबाहक विमानलाई भने अमेरिकी सेनाले गोली हानेर आकासमै ध्वस्त पारेको थियो ।
उक्त घटनापछि अमेरिकाको खोजी सूचीमा परेका बिन लादेनलाई तालिबानले आश्रय दिएको पुष्टि भएपछि अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानविरुद्ध आक्रमण गरी उसलाई सत्ताबाट हटायो । सत्ताबाट हटेदेखिनै तालिबानले अफगानिस्तानमा परिचालित पश्चिमी फौजविरुद्ध युद्ध गर्दै आएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा