सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि पवनदीप राजनले जितेका छन् ।
इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । उनी उत्तरखण्ड भारतको चम्पावत जिल्लाका बासिन्दा हुन् । चम्पावतमा नेपाली भाषा बोल्नेको संख्या उल्लेख्य छ ।
पवनदीपले यसअघि भ्वइस अफ इण्डियाको उपाधि पनि जितिसकेका छन् । तर संगीत क्षेत्रमा अझै भनेजस्तो स्कूप नपाएकोले पुनः आइडलमा सहभागी बन्न आएको पवनदीपले पहिलो अडिसनमै भनेका थिए ।
यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा