सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्युठान । प्यूठानमा जिप पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि गएको तिर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्कारपियो जिप भिंगृ–६ रुमालेमा पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
गाडी चालकसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनाको अवस्था गंभीर रहेको छ । उनीहरुको प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ ।स्थानीयका अनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा