सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । भर्ना हुन चाहनेले ११ देखि १७ चैतभित्र फाराम भरिसक्नुपर्नेछ । यो खबर आजको नयाँ पत्रिकामा छ ।
फाराम नेपाल प्रहरीको वेबसाइट नेपालपुलिस डट जिओभी डट एनपीमा राखिएको छ । उनीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्च पाउनेछन् । ५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ७५ जिल्लाकै जिल्ला प्रहरी कार्यालयमार्फत फाराम बुझाउन सकिनेछ ।
१९ देखि २२ चैतसम्म छनोट हुने र २२ चैतमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ चैतदेखि ८ वैशाखसम्म तालिम दिएर उनीहरूलाई निर्वाचनको सुरक्षामा खटाउने तयारी छ । अवकाशप्राप्त सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रूपमा काम गरेका तथा गार्डका रूपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने प्रहरीको सूचनामा उल्लेख छ । सरकारले अघिल्लो चुनावमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा