सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चीनबाट कोभिड–१९ विरुद्धको आठ लाख डोज खोप काठमाडौं आइपुगेको छ । शुक्रबार दिउँसो नेपाल एयर लाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको हो ।
नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम खेप आइपुगेको हो ।
चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले नेपाल आउने भन्नेबारे टुंगो नलागेको व्यवस्थापन शाखाले जनाएको छ ।
सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा