सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको दाम तोलामा पाँच सयले बढेको हो ।
बिहीबार सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको महासङ्घले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार नौ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार चार सय रहेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको दाममा भने गिरावट आएको छ । हिजो चाँदीको मूल्य एक हजार तीन सय ७० मा कारोबार भएकोमा आज तोलामा एक हजार दुई सय ८५ कायम गरिएको महासङ्घले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा