सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले गरेको लगानी सम्बन्धमा अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ ।
साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासनको प्रक्रियामा रहेकै बेला बोर्ड नियमविपरीत अध्यक्ष ढुंगाना र सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले उक्त कम्पनीको सेयरमा लगानी गरेको विषय बाहिरिएपछि सो सम्बन्धमा प्रस्ट पार्न अर्थले बोर्डलाई पत्र लेखेको हो ।
ढकाल नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । उनी महासंघको वरिष्ठ उपाध्यक्ष छन् ।
अर्थको पत्रमा धितोपत्र बोर्डलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै तीन दिनभित्र सत्यतथ्यका जवाफ दिन भनिएको छ ।
‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका तहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ (तीन) दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशअनुसार अनुरोध छ,’ अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले साउन १३ गतेको मितिमा बोर्डलाई लेखेको पत्रमा भनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा