सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोक स्थितमा रहेको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियार धारी समुहलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा संखुवासभा बारबिसे ६ घर हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ बर्षीय चन्द्र बहादुर राई, मोरङ सुन्दरहरैचा ५ बस्ने २२ बर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गापा ३ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा ७ बस्ने ३१ बर्षीय संतोष राई रहेका छन् ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ, १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले श्रावण १३ गते बिहान सुनसरी र मोरङको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । गत श्रावण १ गते दिउसो साढे १ बजे SMG र पेस्तोल सहित आएका उनिहरुले हतियार देखाई ज्वेलर्समा लुटपाटको असफल प्रयास गरेका थिए ।
घटनाको जानकारी पाए लगतै प्रहरीले गहन अनुसन्धान थालेको थियो । पक्राउ परेका उनिहरुको साथबाट SMG थान-१, ऐ. को म्याग्जिन थान-१, ऐ. को राउण्ड -६२, कटुवा पेस्टोल थान-१, अटोमेटिक पेस्तोल थान-१, ऐ.को म्याग्जिन थान-१, ३०३ राईफलको राउण्ड थान- ४ र BMR लेखेको हेण्ड सेट थान-२ बरामद गरेको छ । त्यस्तै उनिहरुले प्रयोग गरेका सवारी साधनहरु को २ ह २७३६ अटो टेम्पु, प्रदेश १-०२-०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार खरखजना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडी बढाईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा