सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विगत पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको यस लुप नेटवर्क प्रा.लि. पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने गरी कम्तिमा एक अर्ब रुपियाँ लगानी गर्ने योजना अघि बढाएको छ । कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने छ ।
आक्रामक बजार विस्तारको रणनीतिका आउँदो पाँच बर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएको लुप नेटवर्कले जनाएको छ ।
लुप नेटवर्कको अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी पाँच बर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने लक्ष्य रहेको छ ।
अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं सहित नवलपरासी, धनुषा लगायतका स्थापनामा विस्तार भएको छ । पूर्वमा विराटनगर, दमक, उर्लाबारी लगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको छ । शहरभन्दा ग्रामिण क्षेत्रमा बढि सेवा दिइरहेकोले अब शहर र ग्रामिण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढंगले सेवा विस्तार गरिने जनाएको छ ।
इन्टरनेट सेवासँगै नेट टिभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने कुरामा पनि गृहकार्य गरिरहेको छ ।
नयाँ ढंगले अघि बढ्ने क्रममा लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । कम्पनीले ह्वावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ ।
अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्न लागेको लुप नेटवर्कको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा