सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सम्पूर्ण लगानीबाट तत्काल अलग भएर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका आफ्ना लगानीबाट अलग नहुने हो भने तत्काल उनलाई पदमुक्त गर्न माग गरेका छन् ।
उनले सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकहरुलाई पहिलो गाँसमै ढुङ्गा लागेको अवस्था भएको पनि उल्लेख गरेका छन् । ‘स्वास्थ्यजस्तो समवेदनशील विषयमा नियमनकारी भूमिका समेत रहने स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्ति हुनु हुँदैन,’ पत्रमा उनले भनेका छन् ।
प्रधानमन्त्रीलाई खबरदारी पत्र
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा