सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल सरकारले इजरायलका लागि एक हजार श्रमिकका लागि आवेदन आह्वान गरेको छ । ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन आवेदन खुला गरेको हो ।
आवेदकले २१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएको छ ।
इजरायल रोजगारीमा जाँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण शुल्क, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम तथा श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ। रोजगारदाताले नबेहोरेको खण्डमा श्रमिक आफैंले बेहोर्नुपर्नेछ।
साथै कामदारका लागि लाग्ने अनुमानित खर्च एक लाख ६५ हजार तोकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा