सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ट्युनिसिया । ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गर्दै प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका छन् । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले संसद पनि निलम्बन गरेको जनाइएको छ ।
आइतबार राति उनले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका हुन् ।
त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । उनले अकस्मात गरेको सो घोषणामा अर्काे प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।
त्यसैगरी, यहाँको संसद पनि उनले निलम्बन गरेर सबै सांसदको पद स्वतः खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् ।
आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए ।
उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा