सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेइजिङ । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ ।
चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेसनल हेल्थ कमिसनले शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ ।
चीनको जाङ्सु र लियानिङमा ती संक्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमितहरु देखिने गरेका छन् ।
चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी संक्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् । स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेसनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।
चीनले कोरोना निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्तामा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि संक्रमित देखिएका छन् ।
त्यसैले चीनले विशेषगरी ती क्षेत्रमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा