सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । आज सुन चाँदीको भाउ सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ ।
यो हप्ता पनि भाउ यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको भाउमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ तोकिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा