सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सत्ताबाट बाहिरिएपछि निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीबाट हटेको झण्डै दुई साता नपुग्दै ओली र राष्ट्रपति भण्डारीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा करिब दुई घण्टा छलफल भएको छ । उनीहरुबीच भेटवार्ता के विषयमा केन्द्रित थियो खुलेको छैन । ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन् ।
यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा