सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा महासचिव नेतविक्रम चन्द विप्लव नेतृत्वको टोली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापा बिच भेटवार्ता भएको छ ।
शुक्रबार विप्लव नेतृत्वको टोलीले थापालाई बुढानीलकण्ठस्थित उनकै निवासमा भेटवार्ता गरेका हुन् ।
भेटमा टोलीले राप्रपासँग पनि राजनीतिक विषयमा छलफल गरेको हो ।
भेटमा राप्रपाबाट अध्यक्ष थापासहित नेताहरु दीपक बोहोरा र बुद्धिमान तामाङ तथा नेकपाका महासचिव चन्दसहित नेताहरु धमेन्द्र बाँस्तोला, खड्गबहादुर विश्वकर्मासहितको टोली सहभागी थियो ।
नेकपा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य लगायतसँग यसअघि नै भेटघाट गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा