• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

      वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

      ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

      बालेनले कटाए ७,५०० मत

      सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

      बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

    होमपेज / सूचना-प्रबिधि

    स्वास्थ्य बिमा लागू भयो, तर जनता अनभिज्ञ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १०, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    बैतडी । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमाबारे अनभिज्ञ रहेका छन् ।स्वास्थ्य बिमाबारे आफूलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका–१ की रमिता साउदले बताइन । उनले उल्टै सोधे “स्वास्थ्य बिमा भनेको के होे ? ”शिवनाथ गाउँपालिका–१ कै पदमसिंह चांडले पनि स्वास्थ्य बिमाबारे आफू अनभिज्ञ रहेको बताए । “स्वास्थ्य बिमा, स्वास्थ्य बिमा भनेर भन्छन् के हो भनेर बुझ्न सकेको छैन ।”गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन यसको बारेमा प्रचारप्रसार गर्नुपर्ने भएपनि प्रचारप्रसार पनि नभएको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य बिमा कार्यकर्ता गाउँगाउँमा पठाएको भएपनि आफूकहाँ कोही पनि नआएको शिवनाथका स्थानीय रुपसिंह साउदको भनाइ रहेको छ । सबैभन्दा पहिले त स्वास्थ्य बिमा गर्न के गर्नुपर्छ?, उनले भने “हाम्रो यहाँ कोही पनि स्वास्थ्य बिमा गर्ने मान्छे आएको छैन ।”

    सरकारले गत वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि बैतडीमा भने यो वर्ष मात्रै सञ्चालनमा आएको हो । गरिबका लागि उपचार गर्न समस्या नहोस् भनेर ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको हो । स्वास्थ्य बिमा ग¥यो भने के हुन्छ रु बैतडीका स्थानीय कलवीर सार्कीले भन्नुभयो “गरिबका लागि ल्याइएको भए हामी पनि गथ्र्यौँ ।”जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले स्वास्थ्य दर्ता सहायक जिल्लाभरि नै खटाएको बताए । ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको र यसका लागि पहल गरिरहेका छौँ, उनले भने “ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य बिमाको बारेमा ज्ञान दिइन लागिएको छ ।”

    साविकका प्रत्येक गाविस र नगरपालिकाका वडामा आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित दुईजनासम्म बिमा दर्ता सहायक खटाई काम भइरहेको बताइएको छ ।प्रत्येक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र अन्य सरोकारवालालाई जानकारी गराई गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन प्रचारप्रसार भइरहेको समेत डा. अवस्थीले बताए।

    सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष कैलाली, बागलुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो ।स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीका सदस्यले प्रतिव्यक्ति रु ५०० एक वर्षका लागि बिमा गर्नुपर्ने, सोही वर्ष कोही सदस्य बिरामी भएमा रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।

    बैतडीको हकमा स्वास्थ्य बिमा गरेबापत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, पाटन र प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीबाट स्वास्थ्य सेवा लिन सकिने बताइएको छ ।बैतडीमा हालसम्म ७३१ महिला र ७२४ महिला गरी १,४५५ जनाले स्वास्थ्य बिमा गरेका छन् भने ३२ जनाले बिमा पछि सेवा लिएका छन् ।

    यो वर्ष स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सरकारले रु दुई अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ ।यसका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसूति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गौला, स्पाइनल तथा हाड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आगामी साताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने

    यलन मस्कले ४४ बिलियन डलरमा ट्विटर किने

    ट्विटर किन्न एलोन मस्कले लगाए बोली, ४१ अर्ब डलरको प्रस्ताव

    भायानेटका ग्राहकले मिदास इ-क्लास निःशुल्क चलाउन पाउने

    भायानेटले ल्यायो नयाँ रिफरल योजना

    प्रविधिको पहुँच विस्तार र सुनिश्चित अधिकारका लागि समयसापेक्ष कानुन र नियमन आवश्यक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

    बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    भक्तपुर नगरपालिकाको मेयर उपमेयरमा नेमकिपा विजयी

    कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑