सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उनको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं. १९७१ सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वर प्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा जन्म भयो । न्वारन्मा पण्डितले उनको नाम चुडामणी राखेका थिए । यो नाममा कालीदासलाई चित्त बुझेन र उनले बोलाउने नाम विश्वेश्वरप्रसाद कोइराला नामाकरण गरे । यही नाम संसार भरिनै प्रख्यात भयो । विश्वेश्वरको बाल्यकालको बसाई चन्द्रगञ्जमा भयो तर चन्द्रगञ्जको बसाइ पनि लामो हुन सकेन किन कि कृष्णप्रसाद कोइरालाले ढाक्रेको नाजुक अवस्था देखेर उनमा दया आयो । देशका जनताको अवस्था कस्तो छ भन्ने जानकारी चन्द्र शम्शेरलाई गराउन ढाक्रेका शरीरका जुम्म्रा भएका कपडाहरू आफूले लिएर राम्रा कपडाहरू ढाक्रेलाई दिएर पठाए भने जुम्रे लुगाहरू चन्द्रशम्शेर कहाँ पार्सल बनाई पठाए । चन्द्र शम्शेरले यो पार्सल हेरेपछि उनी माथि कस्तो कारबाही हुन्थ्यो होला कृष्णप्रसाद संकेत पाएर भारत लागि सकेका थिए । उनको सर्वश्व सरकारले हरण भयो । यस बखत कोइराला परिवार सर्बहारा हुनुपर्यो र विश्वेश्वर पनि ११ बर्षको उमेरमा परिवारको साथमा वनारसतिर लाग्नु पर्यो । बालक कालमा विश्वेश्वरको बसाई स्थिर रहन पाएन । उनी कहिले बनारस हुन्थ्ये भने कहिले कलकत्ता, कहिले वेतीया, आदि ठाउँमा उनको बाल्यजीवन चक्रमय भयो । खानपीनको पनि समस्या थियो । कहिले चना खाएर दिनरात व्यतित गर्नुपथ्र्यो । एउटा कष्टमय जीवनको यात्रामा रहेका वीपीको अध्यन पनि कष्टकर यात्रामा नै रह्यो । जब मानिसमा पेट भर्ने समस्याले सताउँछ । खानु बाहेक के नै रहन्छ र ? भनिन्छ उनको परिवार यति दयनाीय अवस्थामा गुज्रेको थियो कि उनी बिमारी भएर शरीर भरी घाउ खटिरा आउँदा ती घाऊ खटिरालाई काट्ने बेलामा बेहोस बनाउने दवाई क्लेरोफर्मसम्म किन्ने पैसा थिएन । विना दवाइ नै उनको अपरेशन गर्नु पर्यो । अपरेशन सफल भएन पुन उनी कलकत्ता जानु पर्यो । कलकत्तामा अपरेशन सफल भए पछि पुन वीपी बनारस फर्के । विश्वेश्वरले अध्ययनको वातावरण त्यति पाउन सकेनन् तर पनि उनी साहसी थिए । वनारसमा बस्दा दरिदको भारी बोक्न पर्यो र उनका बाबुले टेढीमा जग्गा किने पछि वीपी पनि टेढीमा आउनु पर्यो । आधा किशोर अवस्था वीपी को टेढीमा नै वित्यो । वीपी वलनारसमा पढ्न चहान्थै तर कृष्णप्रसाद कोइरालाले खर्च पुर्याउन नसक्ने अवस्था थियो । कोइराला परिवारको आर्थिक अवस्थालाई हेर्दा सुरुमा सम्पन्नशाली नै थिए जव उनको र चान्द्रशमशेरको बीचमा भएको कटुताले गर्दा उनी विदेशीन पर्यो त्यस अवस्थाबाट जवसम्म चन्द्रशमशेर जीवित रहे तवसम्म कोइराला परिवारको आर्थिक जीवन कष्टमय नै रह्यो । वेतियामा बस्दा सबैले पीठो धोलेर खोले खाएर पनि बाँच्न बाध्य थिए । भनिन्छ हरिहरको मृत्यु हुँदा कात्रो किन्ने पैसा समेत थिएन । पेट पाल्नको लागि पत्रिका बेच्नु पथ्र्यो । जव चन्द्र शम्शेरको मृत्यु भयो र भीम शम्शेर मन्त्री भए तब कहृष्णप्रसाद नेपाल फर्के । पुन उनी व्यपारमा लागे र आर्थिक अवस्था सुध्रदै गयो । जस्तो जस्तो विषम परिस्थिति परिवारले व्यहोर्नु पर्यो, त्यस्तै त्यस्तै अवस्थाको प्रभाव वीपी मा पर्नु स्वभाविक थियो । उनी बालक कालबाटै साहसी, मातापिताप्रति आदरभाव राख्ने आज्ञाकारी बालक थिए ।
वीपीको अध्ययन
वीपीको अध्यनको थालनी बनारसबाट भएको थियो । टेढीमा आए पछि टेढी (हाजिको वाग) मा जग्गा किनेर कृष्णप्रसादले स्कूल र छात्रास बनाए । विश्वेश्वरको अध्यन यहींबाट राम्रोसँग थालनी भयो । वीपी टेढीबाट बनारस जान चाहान्थे । उनलाई बाटोखर्च दिन नसक्ने अवस्थाले गर्दा यो समस्या हल गर्नको लागि सानीआमा सँग भएको मुन्द्री र बहिनी नलिनीले पनि मुद्रि दिए पछि वीपीले चिउरा र गुणलाइ पोको पारेर बाटोमा खानको लागि लिएर वनारसतिर लागे । यो सुन बेचेर प्राप्त रकमले स्कुलमा भर्ना भए । वीपीले मेट्रिक पास दोस्रो श्रेणिमा गरे । मेट्रिक पास गरेपछि कलकत्ताबाट अध्ययन गरोस् भन्ने कृष्णप्रसादको चाहाना थियो तर वीपी कलकत्ता भन्दा वनारस नै राम्रो मान्दथे र उनले बनारसै पढ्न थाले । १२ पास पनि वीपीले वनारसबाटै गरे । सन् १९३४मा वीपी राजनीति शास्त्रमा स्नातक भए । यिनले कानूनमा स्नातकोपाधि पनि पाएका थिए ।
वीपीको विवाह
वीपीको विवाह पनि साधारण रूपमा भएको थियो । उनले झापाका बडाहाकिम कमलप्रादकी छोरी शुशीलासँग, विवाह गरेका थिए । विवाह गर्दा पनि वीपीको आर्थिक अवस्था निकै कमजोड थियो । उनका साथी देवेन्द्रसँग चारपाँचसय रुपियाँ लिएर विवाह सुसम्पन्न गरे । वीपीको विवाहमा आमा बाबु दुवैको उपस्थिति थिएन । दाम्पत्व जीवन पनि सुखमय रह्यो । उनीबाट तीन छोरा र दुई छोरी जन्मे । छोरहरूमा प्रकाश, श्रीहर्ष र शशाङ्क हुन् भने छोरी एकको मृत्यु भएको र एक छोरी जीवित रहिन् ।
वीपीको राजनीतिक जीवन
वीपीको राजनीतिको थालनी पनि रहस्यमय छ । उनी सर्बप्रथम आतङ्कवादमा देखिए । उनलाई वेतियामा भएको हत्या हिंसा र डकैतीको केशमा चारमहिना (१९३०) थुनामा बस्नु पर्यो । मोतीहारीको डकैतीको केशमा पनि नाम मुच्छिएको थियो तर त्यसमा यिनको सहभागिता थिएन र सफाइ पाए । यिनको राजनीति प्रभाव सर्बप्रथम माक्र्सवादमा परेको थियो । उनी बम्बै पनि गएका थिए र उनले माक्र्सवादका कृतिहरूको अध्ययन पनि गरेका थिए । कृष्णप्रसाद काँग्रेसी संस्थामा आवद्ध थिए । राजनीतिमा पनि कृष्णप्रसादको छाप वीपीमा परेको थियो । पटनामा बस्दा यिनले नरेन्द्र, लोहिया र जेपीजस्ता भारतीय नेताहरूको सम्पर्क भयो । पछि यिनीहरूसँको सम्पर्कले गर्दा वीपी पार्टीमा पनि आवद्ध भएका थिए । भारतमा जब अंग्रेजलाई भारत छोड भन्ने आन्दोलन भयो । त्यस समयमा वीपी धेरै पटक जेल पनि गए । अंग्रेजले भारत छाड्नै पर्यो । भारत स्वतन्त्र भयो । भारतीय आन्दोलनको प्रभाव छिमेकी देशमा पनि परेको थियो । नेपालमा पनि राणाले गरेको अत्यचारबाट नेपाली जनता मुक्त हुन चाहान्थे । जन चाहनालाई बुझ्दा साहित्यकार तथा लेखकको यस्ता बेलामा चुपलागेर बस्ने अवस्था थिएन । धरणी धरले ‘नैवेद्य’ लेखे, कृष्णलाल अधिकारीको ‘मकै खेती’,जस्ता कृतिको जन्म पनि भयो । कृष्णलाल अधिकारीले ‘मकै खेती’लेखेकोमा सरकारले जेल चलान गर्यो र उनको जेलमै मृत्यु भयो । यी मात्र नभएर यी भन्दा पनि पहिला राणा धपाऊ भन्ने अभियान नभएको हैन तर यिनलाई राणाहरूले निर्मम तरिकाले दबाएका थिए ।
१९९३ साल जेठ २२ गते नेपाली जनताले मुक्तिको लागि प्रजापरिषद नामक संस्था खोले । यस माथि पनि राणाहरूको कडा निगरानी थियो । यो मर्म वीपीलाई थाहा थियो । उनले संगठनको महसूस गरेर पटनाबाट निस्कने पत्रिका ‘सर्चलाइट’ नेपालमा प्रजातन्त्र ल्याउनको लागि इच्छुक व्याक्ति मेरो सम्पर्कमा आउनु भनि समचार छपाउने काम गरे । यो समचारले इच्छुक नेपालीहरू वीपीको नजिक आउन थाले । वनारसमा तदर्थ समिति खोल्ने तय भयो । सुब्बा देवीप्रसादको अध्यक्षतामा उपाध्यक्ष बालचन्द्र शर्मा र वीपी संयोजक रहने गरी तदर्थ समिति गठन गरियो । भारतमा, नेपालमा प्रजातन्त्र ल्याउनको लागि एउटा संस्थाको, जन्म भयो । यो तदर्थ समितिले भारतका कुना काप्चामा रहेका नेपालीहरूलाई यो संंदेश दिदै भेटने काम पनि भयो । यसै समयमा गणेशमानजीको र वीपीको भेटवार्ताहरू पनि भए । यो तदर्थ समितिले कलकत्ताको भवानीपुरमा बृहत सभाको आयोजना गरेर सञ्चालक समितिको चयन गर्ने काम भयो । १३ सदस्य रहेको समितिको सभापति ट्रकप्रसाद आचार्यले सम्हालेका थिए । राष्ट्रिय कांग्रेस भनेर पार्टीको नामाकरण गरियो । नेपालमा मजदुर आन्दोलन पनि भयो । यस आन्दोलनमा पनि वीपी गिरफ्तार हुनुभयो । एकातिर देशको आन्दोलनलाई अगाडी बढाउनु थियो भने अर्कोतिर पार्टीमा पनि तनाव थियो । पार्टी पनि विभाजित भयो । वीपीले एक पार्टीको नेतृत्व लिनु भयो भने अर्को पार्टीको नेतृत्व डिल्लीरमण रेग्मीले । देशमा प्रधानमन्त्री बन्ने होडमा रहेका राणाहरूमा पनि पदृम शम्शेरले मन्त्रीपद त्यागे र मोहन शम्शेर प्रधानमन्त्री भए । एक त राणाहरू ए, बी, सी, बर्गमा विभाजित थिए । सुवर्ण शम्शेरलाई जुद्धशम्शेरले निकालेका थिए । सुवर्ण शम्शेरले नेपाल प्रजातन्त्र काँग्रेसको संस्थापकको रूपमा नेतृत्व लिए । मोहन शम्शेरले पार्टीहरूलाई प्रतिबन्ध लगाए । वीपी पार्टी सुधिरीकरणको लागि भूमिगत रूपमा नेपाल आएका थिए तर पक्रिए र जेलमा राखिए । यहाँ पनि वीपीले अनसनमा बस्नुपर्यो । रिहाइ भएपछि ,देशमा प्रजातन्त्र बहाली गर्न संघर्ष विना सम्भव नहुने देखेर वीपीले संघर्षको लागि आवाहन गरे । वि. सं २००७ सालमा दिल्लीमा सम्झौता भयो र प्रजातान्त्रिक सरकारको गठन भइ मोहन शम्शेरको प्रधान मन्त्रीत्वमा वीपी गृह्य मन्त्री बन्नुभयो । यो मन्त्रीमण्डल त्यति टिकाउ हुन सकेन । २००८ सालमा मातृकाप्रसाद प्रधान मन्त्री भए । मातृका र वीपीमा मनोमालिन्यता बढ्न थाल्यो । मातृका दरवारतिर ढल्किए र अलग्गै पार्टी खोले नेकाकौ छैटौं महाधिवेशनमा वीपीले चाहेको समाजवादी अर्थनीति लागुभयो । वि.सं २०११ चैत्र १ गते राजा त्रिभूवनको स्वर्गारोहण भयो । महेन्द्र राजा बनेपछि संविधान सभा नगराउने छाँट देखियो । वीपीले संविधान सभाको चुनाउ चाहादा चाहादै पनि राजाले प्रधान मन्त्री परिवर्तन गर्दै संसदीय चुनावको घोषण गरे । वी।पीले परिस्थितिलाई अध्ययन गर्दै चुनावलाई स्वीकारे । चुनाव भयो । नेकांले बहुमत ल्यायो र वीपी प्रधानमन्त्री भए । नेकांको सरकारलाई पतन गरउनको लागि ठूलो षडयन्त्र भइरहेको थियो । २०१७साल पौष १ गते तरुणदलको उद्घाटन भाषण गर्दा गर्दै वीपी लगायतका नेताहरूलाई गिरफ्तार गरियो । पार्टीहरूमा प्रतिबन्ध लगाइयो । अन्तराष्ट्रको दवावलाई पनि महेन्द्रले सुनेन् । राजबन्दीलाई पत्रपत्रिका पढ्न पाउने छुट हुनुपर्यो राजबन्दी सँगै बस्न पाउने, खेल खेल्ने व्यवस्था, भेट्न आउनेले भेट गर्न पाउने पर्ने सुविधा, न्याय पाउनको लागि अदालत जान पाउने सुविधा केही नभएकोले वीपीले यी सुविधाको लागि अनसन बसे । न्यायलयमा जान पाउने सुविधा भने सरकारले दिएन तर अरु माग राज्यले प्रदान गर्यो । यसरी सुन्दरी जल जेलमा आठ बर्ष बस्दा वीपी बिमारी पर्नुभयो । उपचारको लागि वि.सं २०२५ साल कार्तिक महिनामा रिहा हुनुभयो । भारतमा उपचार गराएर पुन वीपी नेपाल आउनुभयो तर भारतमा उपचारले मात्र नहुने भए पछि वीपीले युरोप जाने राहदानी माग गर्नुभयो तर त्यो नेपाल सरकारले दिएन र भारतैबाट राहदानी मिलाएर युरोपमा गएर उपचार गराएर फर्कनुभयो । देशमा प्रजातन्त्र पुनर्वहाली गर्न सशस्त्र क्रान्तिको महसूस गरेर वीपीको नेतृत्वमा सशस्त्र क्रान्ति भयो तर क्रान्ति सफल हुन सकेन । वीपी भारतमा रहन पनि, इन्दिरा गान्धीको विस्तारवादी नीतिले गर्दा, कठीन भयो । देश नै नरहने हो कि भन्ने आशंकाले गर्दा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते नेपाल फर्कनुभयो । नेपाल फर्कने क्रममा वीपीलाई देशद्रोह र राजद्रोहका मुद्दा चलाइयो । पञ्चहरू कुर्ले, फाँसीको सजाएको माग गरियो । तर २०३४ सालम राजा वीरेन्द्रले उपचारको लागि अमेरिका जाने र सरकारी खर्चमा उपचार गराउने भन्दै रिहा गरियो । वीपीले उपचार गराएर भारत हुँदै नेपाल फर्कनुभयो । जेलमा रहँदा होस् तथा बाहिर जाँदा होस् वीपीको चिन्तन देशमा प्रजात र समाजवादको स्थापनाको लागि संघर्षरत रह्यो । सिडनीमा भएको समाजवादको सम्मेलनमा पनि वीपी सहभागी हुनुभयो र समाजवादकै लागि ओकालत गर्नुभयो । २०३६सालमा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत वा बहुदल रोज्ने भनेर जनमत सङ्ग्रहको घोषण गरियो । जनमतसङ्ग्रहमा पनि नेपाली जनताको चाहना पुरा हुन पाएन । बाजी पञ्चहरुले नै मारे । २०३८ वैशाखमा सुधारिएको संविधान अनुसार चुनाव हुने भयो । एवम् रीतले वीपीको सारा जीवन संघर्षरत नै रह्यो । देश काल परिस्थिति बुझेर देशलाई प्रजातन्त्र र समाजवादमा लाने वीपीको जुन अठोठता थियो त्यो भने उनको जीवनकालमा पुरा हुन सकेन तर भाइ गिरिजा प्रसाद कोइरालको नेतृत्वमा नेपालमा गणतन्त्र नै बहाली भयो । यसको संरक्षण र सम्बद्र्धन गर्ने काम अब हाम्रो काँधमा आएको छ ।
वीपीको साहित्यिक यात्रा
वीपीको जीवनलाई नियाल्ने हो भने राजनीति योगदानमात्र हेरेर पुग्दैन । उनको साहित्यिक योगदानको पनि अध्ययन हुनुपर्दछ । उनको, उनलाई नेपाली साहित्यि लेखन भन्दा पहिला उनमा अंग्रेजी र हिन्दी कथा उपन्यासको अध्ययनमा रुचि थियो । उनी हिन्दी साहित्यका साहित्यकारहरू शान्तिप्रिय द्विवेदी, रामकृष्ण दास, जयशङकर, मैथिलीशरण गुप्ता, सुमित्रानन्दन पन्त, मुन्सी प्रेमचन्द्रसँग साहित्य लेखन र अध्ययनको सिलसिलामा उनको सम्बन्ध बढ्दै गएको थियो । यिनले कृतिहरूको अध्ययन गर्ने मात्र हैन यसलाई व्यवहारमा उतार्ने वानी भएकोले, उनलाई हामीले कहिले फ्रायडवादीको रूपमा, कहिले छायावादी, कहिले यौनवादी, कहिले मनोविज्ञानवादी कहिले आदर्शवादी, कहिले रहस्यवादी, कहिले अध्यात्मवादी, कहिले नियतीवादी, आदि विविध वादीको रूपमा पाउँछौं । उनको लेखनको थालनी पनि हिन्दी भाषाबाट भयो । लेखनको थालनी १६ बर्षको कलिलो उमेरमै भएको थियो । ‘चन्द्रवदन’ नेपालीको उनको पहिलो कथा हो । ‘कथा कुसुमा’, ‘श्वेत भैरुवी ’ ‘दोषी चश्मा’ वीपीका कथा कृतिको रूपमा अध्ययन गर्न पाइन्छ भने फुटकर कथाहरू पनि विभिन्न पत्रिकामा पढ्न पाइन्छन् । ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, सुम्निमा, ‘मोदिआइन्’, ‘हिटलर र यहुदी’ र ‘बाबु आमा र छोरा’ वीपीका उपन्यासहरू हुन् यी उपन्यास बाहेक वीपीले आफ्नो कथा, जेलजर्नल, आत्मवृतान्त आदिका अमूल्य कृतिहरू हामीलाई छाडेर जानुभएको छ । उहाँ कवि, निबन्धकार कथाकार, उपन्यासकारमात्र नभै उहाँ एक दार्शनिक पनि हो ।
अन्त्यमा
वीपी, यो देशका बरिष्ठ साहित्यकार मात्र नभएर ,मूद्र्धन्य राजनेता पनि हुनुहुन्छ । त्यसोहुँदा यो देशले वीपीबाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको छ । आजको नेपाली काँग्रेसले, यही दर्शन अवलम्वन गरेर काँग्रेशको नेतृत्वमा दूई दुई ओटा शान्तिप्रिय जनआन्दोलन परिचालन गरेर सफलता हाँसिल गर्यो । २०४६ सालको क्रान्ति सफल बनाएर संविधान दिन सक्षम भयो । यो संविधानमा पनि राजाको शक्ति बलियो नै रहेछ र दोस्रो जनआन्दोलन पनि नेकाको नेतृत्वमै (वीपीका भाई गिरिजा प्रसादको नेतृत्वमा) सञ्चालन गरेर देशमा प्रजातन्त्रमात्र नभै गणतन्त्र बहाली गराएको छ । नेपाली साहित्यको भण्डारमा वीपीका यी गहन, सारगर्भित कृतिहरूले कोशे ढुङ्गा थपेर गएको छ । उनको कलम साहित्यिक क्षेत्रमा अद्वितीयरूपमा चलेको छ । आज नेपाली काँग्रेसका नेताहरू तथा अनुआइहरूले वीपीले दिएको मार्गदर्शनलाई सही रूपमा व्यवहारमा उतार्न सकेमामात्र वीपी प्रतिको सच्चा आदर भाव सम्मान हुनेछ भन्दै मेरो मनले बोलेका यी श्रद्धा सुमनलाई जननायक विश्वेश्वरप्रसाद कोइरालामा समर्पण गर्दै बिदा चाहान्छु ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा