सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमास्कस । सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन् ।हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट (आईएस) लडाकुहरूको वास्तविक राजधानी मानिन्छ ।
बेलायती सहयोग रहेकोअनुगमनकर्ताहरूको समूह वाचडग ग्रुपले ३३ जनाको शव भेटिएको बुधबार जानकारी दिएको छ ।रक्वा क्षेत्रमा संयुक्त सुरक्षा फौजले पछिल्लो केही समयदेखि आईएस लडाकु विरुद्धको हवाई आक्रमणलाई तिव्रता दिएको पनि वाचडगले जनाएको छ ।रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा