सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६६४ को परीक्षण हुँदा २ हजार ४४५ संक्रमित थपिएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५६४ सघनमा र १५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार २५८ छ जुन ९४.७ प्रतिशत हाे । याेसहित कुल निको हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ ।
यसमा कुल संक्रमित ६ लाख ६८ हजार ७५१ पिसिआर परीक्षणबाट र एन्टिजेन परीक्षणबाट ४९ हजार ७४३ पत्ता लागेका हुन् ।
आजसम्म ३४ लाख ७७ हजार ५१८ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ६६ हजार ६६२ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०४ र होम आइसोलेशनमा रहेको संख्या २४३ हजार ३३४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ५०३ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख ३४ हजार ३१७ पुगेको मन्त्रालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा