सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले काँक्राको चिचिलो नभएको बताउनुभएको छ । केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले कसैले चोर औँला देखाउँदैमा काँक्राको चिचिलो झरेजस्तो एमाले नझर्ने ओलीले बताउनुभयो ।
उहाँले उपाधक्ष्य भीम रावलले आवेशमा आएर राजीनामा दिनु गलत भएको पनि उल्लेख गर्नुभयो । ‘भीम रावलले सांसद पदबाट हतारिएर राजीनामा गर्नुभएछ । सल्लाह गर्नुपथ्र्यो,’ ओलीले भन्नुभयो, ‘मिल्छ भने अहिले पनि राजीनामा फिर्ता गर्नु पर्दछ ।’ उहाँले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरू गर्ने भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ ।
एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको भन्दै उहाँले भन्नुभयो, ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला शुरू गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान गरेका छौं । कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो । माओवादी शिथिल छ तर ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । त्यसैले हामी सचेत र सशक्त प्रतिवादको लागि बस्नुपर्छ ।’
त्यस्तै ओलीले प्रधानमन्त्री देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको पुतलीजस्तै रहेको बताउनुभयो । ओलीले शेरबहादुर देउवाको सरकार ‘टालटुली बटुली कति राम्री पुतली’ जस्तै भएको बताउनुभएको हो । उहाँले एमालेमाथिका सम्भावित आक्रमणविरुद्ध लड्न जुझारु संगठनको विकल्प नरहेको समेत बताउनुभयो ।
बैठकले कार्यदलले पार्टीमा सहमतिका लागि बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ । त्यस्तै माधव नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । भोलि ३ बजे बस्ने बैठकमा चित्त बुझ्दो स्पष्टिकरण नआएमा उहाँहरूलाई पार्टीबाट निष्कासन गर्ने तयारी रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा