सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको खोप केन्द्रको अनुगमन गरेका थिए । उनले त्यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई खोप हस्तान्तरण गर्दै खोप अभियानको सुरूआत गरेका हुन् ।
सो कार्यक्रममा काठमाडौंका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी भएका थिए ।
प्रधानमन्त्री देउवाले खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन निर्देशन गरेको ट्विटरमार्फत् जानकारी दिएका छन् ।
‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरूद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रूपमा लगाउने प्रबन्ध गर्न निर्देशन पनि गरेको छु,’ उनले भनेका छन् ।
यो खोप आजदेखि ६ गतेसम्म काठमाडौंका ४४ वटा केन्द्रबाट दिइनेछ ।
अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप अनुदानमा दिएको थियो ।
एक मात्रामात्रै लगाए पुग्ने खोप आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका, अपांगताको ‘क’ र ‘ख’ वर्षको परिचयपत्र पाएका, शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई दिन थालेको हो ।
जोन्सन एण्ड जोन्सनको खोप नेपालमा पहिलो पटक लगाइएको हो ।
जोरपाटीको उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ । देउवाले वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने भएका छन् ।
मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा