सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारत सरकारले नेपाललाई कोभिड-१९ रोकथामको लागि १५० आईसीयू बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् । यसअघि पनि भारत सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा कानूनमन्त्री कार्कीले कोभिडविरुद्ध लड्न भारतले गरेको सहयोग सदैव प्रसंसायोग्य रहेको बताए । मन्त्री कार्कीले नेपाल भारतबीचको सम्वन्ध ऐतिहासिक रहेको र निकट भविष्यमा पनि सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।
राजदूत क्वात्राले भारत र नेपालबीचको सदीऔँ पुरानो विशिष्ठ सम्वन्ध रहेको भन्दै नेपाली जनतालाई कोभिड १९ को संकटबाट जोगाउन भारतले सक्ने सहयोग गर्ने बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा