सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै आइतबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत शुक्रबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा