सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म ९ हजार ५०६ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार १८२ को परीक्षण हुँदा २ हजार ९३६ संक्रमित थपिएका छन् । याेसहित कुल संक्रमित ६ लाख ६४ हजार ५७६ पिसिआर परीक्षणबाट र एन्टिजेन परीक्षणबाट ४७ हजार ७९७ पुगेका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५७८ सघनमा र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ७७५ छ । निको हुने ६ लाख २८ हजार २४३ पुगेका छन् ।
आजसम्म ३४ लाख ५६ हजार १९९ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ५६ हजार ६२३ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३२१ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार २७४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ५५३ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख १२ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा