सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहीबार शुरु हुँदैछ । यो खबर हामीले आजको अन्नपूर्ण दैनिकबाट लिएका हौ।
सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्न सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो । बालुवाटार स्रोतका अनुसार आईजीपी प्रकरणमा सर्वोच्चको फैसलामा उल्लेख भएका कतिपय विषय सरकारी रेकर्डमा भएको भन्दा फरक भएकाले पनि हुबहु कार्यान्वयन हुँदैनन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा