सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १० बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले ‘बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका छन् ।
ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।
एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।
ज्ञवालीले भने–पार्टीले प्रतिपक्षमा उभिने निर्णय गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनुहुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ । तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ । कोही उता जानु भयो भने व्यक्तिगत निर्णय हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा