सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले आग्रह गरेअनुसार स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् ।
कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।
अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेको बैठक कक्षबाट बाहिरिएपछि रावलले जानकारी दिए । ‘
पार्टी अध्यक्षलाई कार्यदलको तर्फबाट कुरा राख्न दिनुस् भनेर आग्रह गर्यौँ, अध्यक्षले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नुस् भन्नुभयो । मैले एमाले उपाध्यक्षको हैसियतमा बोल्न दिनुस् भनेँ,’ बैठकमा भएको कुराकानीबारे रावलले भने, ‘१० बुँदेमा जे-जे कार्यान्वयन गर्ने भनेका छौं त्यो भएपछि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखौँ भनेको उहाँले मान्नुभएन । बैठकको प्रक्रिया अगाडि बढाऔं भन्नु भयो त्यसपछि हामी निस्कियौं ।’
रावलले १० बुँदे सहमति कार्यान्वयनको लागि अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी गर्न आग्रह गरे पनि अध्यक्ष सहमत नभएको रावलले बताए । घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेसहित रावल बैठकस्थलमा पुगेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा