सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल बंगलादेश बैकले मकवानपुरको मकवानपुगढी गांउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।
नेपाल बंगलादेश बैंक लि., आर एण्ड डि इनोभेटीभ सोलुसन प्रा.लि., मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षिय सम्झौता अनुसार गाँउपालिकाका अध्यक्ष बिदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरीएको हो । यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका बडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
यस योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
नगद रहित बिद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई बिद्युतिय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।
हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा