सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिन्जियान उइगुर क्षेत्रमा मानवअधिकार उल्लंघनमा उनीहरूको संलग्नता भएको आरोप लगाउँदै ती कम्पनीलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वर्ल्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषण गरेको समाचारमा उल्लेख छ ।
धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रविधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् । एनएचके वर्ल्डको रिपोर्ट अनुसार प्रतिबन्धित यी कम्पनीले चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायविरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सफल पारेको आरोप अमेरिकाको छ ।
रिपोर्ट अनुसार अमेरिकी वाणिज्यमन्त्री जिना राइमन्डोले अमेरिकी मन्त्रालय सिन्जियानमा मानव अधिकार उल्लंघन गर्ने संस्थालाई निशाना बनाउन कडा र निर्णायक कदम चाल्न प्रतिबद्ध रहेको बताइन् ।
दुई महिना अगाडि अमेरिकाले पाँच चिनियाँ सौर्य प्यानल कम्पनीलाई सिन्जियान, उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो । चिनियाँ सरकारले उक्त आरोप अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताएको छ ।
चीनले उइगुर मुसलमानलाई असमान व्यवहार नगरेको दाबी गर्दै आएको छ । यद्यपि अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले उइगुर मुसलमान समुदायलाई शिविरमा सामूहिक हिरासतमा राखेर उनीहरूको धार्मिक गतिविधिमा हस्तक्षेप गरेको र समुदायका सदस्यलाई दुःख दिएको बताउने गरेका छन् ।
अर्कोतर्फ सिसिपीले सिन्जियानमा उइगुरहरूविरुद्ध मानवअधिकार हननका घटना नभएको कुरामा जोड दिँदै कडा शब्दमा अमेरिकी निर्णयको विरोध गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा