सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपील गरेको छ ।
राष्ट्रपति जोभिनल मोइसको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो । अमेरिकाले भने तत्कालका लागि सैनिक सहयोग गर्ने योजना नरहेको बताएको छ ।
राष्ट्रपतिको हत्यापछि हाइटीमा अस्थिर अवस्था सिर्जना भएको छ। अमेरिकाको गरिब देशमा पर्ने हाइटीमा अहिले आपतकालीन अवस्था लागु भएको छ ।
राष्ट्रपति मोइसको जुलाई ७ मा उनकै घरमा हत्या भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा