सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ चैत । सर्वाैच्च अदालतले मंगलबार जय बहादुर चन्दको नियुक्ति बदर गर्दै नवराज सिलवाललाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्न परमादेश दिएपनि सरकारले तत्काल अदालतको आदेश मान्ने छाँट देखाएको छैन ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सिलवाललाई आईजिपी नबनाउन दबाब दिएपछि प्रचण्ड पनि अन्योलमा परेका छन् । विवादका कारण अझै केही हप्ता डा.दिनेशचन्द्र पोखरेलले नै प्रहरी संचालन गर्ने देखिएको छ । प्रधानमन्त्री प्रचण्ड बिहिबार चीन भ्रमणमा जादै छन् । आईजिपी नियुक्त नगरी उनी चीन जान लागेका हुन् । स्रोतका अनुसार चन्द र सिलवाल दुवै जनालाई व्यवस्थापन गर्ने गरी सरकारले आईजिपी नियुक्तिको तयारी गरेको छ ।
संघीयतासम्बन्धि प्रहरी प्रतिवेदन कार्यान्वायन गरी १ जनालाई प्रहरी महानिर्देशक तथा अर्कालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने बारे समेत छलफल भएको छ । तर, त्यसका लागि धेरै गृहकार्य गर्नुपर्ने गृह मन्त्रालयका अधिकारीहरु बताउछन् । प्रचण्ड र देउवा दुवै आईजिपी नियुक्तिबारे कानुनी परामर्शमा लागेका छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा